काठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिर रवि लामिछानेमाथि प्रतिशोध साँध्ने प्रयास गरिरहेको छ । सरकारले मिडिया ट्रायल गराएर लामिछानेमाथि धरपकडको योजना बनाइरहेको हो । यसमा विशेषत गृहमन्त्री रमेश लेखकको सकृय छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका बेला रमेशले रविमाथि प्रतिशोधको डण्डा चलाउन प्रयास गरिरहेका हुन् । सहकारी छानबिन समितिको प्रतिवेदन सरकारलाई बुझाइएदेखि सरकारले लामिछानेविरूद्व निरन्तर मिडिया ट्रायल गरिरहेको छ । छानबिन समितिले लामिछानेले सहकारी ठगेको कुनै आधार भेट्टाउन नसकेको प्रतिवेदन बुझाभएको छ । तर प्रतिवेदनमा जीवी राई लगाएतले सहकारीबाट लगेको रकम तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिको प्रवन्ध निर्देशकको हिसाबले खर्च गर्नेमा मात्रै देखिएको स्पष्ट पारेको छ ।
तर रविसँग प्रतिसोध साँध्न सरकारले यसरी मिडिया ट्रायल चलाइरहेको छकि मानौ रवि नै मुख्य दोषी हुन् । विशेषत कान्तिपुर लगायतका ठूला मिडियाको प्रयोग गरेर सरकारले रविलाई निशाना बनाएको हो । उसो त कान्तिपुर लगायतका मिडियाले प्रतिवेदन सार्वजनिक भएदेखि नै रवि सहकारी ठग पुष्टि लगायतका भ्रामक हेडलाइन राखेर जनतालाई दिग्भ्रमित पारिरहेका छन् ।
उनीहरूले छानबिन प्रतिवेदनले स्पष्ट लेखेको लामिछानेले सहकारी ठगी गरेको नभइ तत्कालीन सञ्चालकले सहकारीबाट ल्याएको रकम प्रवन्ध निर्देशकको हैसियतले मिडिया सञ्चालनमा लगाएको कुरा पूर्ण रूपमा लुकाएका छन्। छानबिन समितिले लामिछानेमाथि कारबाहीको सिफारिस गरेको सन्दर्भलाई यसरी तोडमोड् गरिएको छ कि साधारण मान्छेले सहकारी ठगी गरेर कारबाही सिफारिस गरिएको बुझ्दछन् ।
तर समितिले लामिछानेमाथि मिडियाको तत्कालीन प्रवन्ध निर्देशकको हिसाबले मिडियामा आएको रकम मिडिया सञ्चालनमा खर्च गरेको हकमा मात्रै कानूनअनुसार कारबाही सिफारिस गरेको हो । उसो त कम्पनीमा आएको रकम कम्पनीकै प्रयोजनमा खर्च गर्दा उसलाई कारबाही हुने कानूनमा कहीँ कतै पनि उल्लेख गरिएको छैन । जसले गर्दा लामिछाने बलियो बन्ने देखेपछि गृहमन्त्री लेखकको सक्रियतामा सरकारले निरन्तर मिडिया ट्रायल गरेर लामिछानेमाथि प्रतिशोध साँध्ने प्रयास गरिरहेको हो ।