काठमाडौं । सामाजिक सञ्जालमा भाइरल आशिका तामाङ विरूद्व प्रहरीमा जाहेरी दर्ता भएको छ ।
विभिन्न विषयमा आवाज उठाउँदै आएकी तामाङविरूद्व भक्तपुरको जगाती प्रहरीमा जाहेरी परेको हो । उनीविरूद्व सूर्यविनायक नगरपालिकाले जाहेरी दिएको हो ।
सूर्यविनायक नगरपालिकामा रहेको एक झोलुंगे पुल तर्न पैसा तिर्नुपर्ने निर्णयको विरोध गर्दै आशिकाले भिडिओ बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।
नगरपालिकाले उक्तपुल पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क उठाइएको बताउँदै आशिकाको कारण पर्यटनमा असर परेको भन्दै जाहेरी दिएको हो । नगरपालिकाले उक्त पुल तर्न २० रूपैयाँ लिँदै आएको छ ।