निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक सहयोग गर्ने

Facebook
Twitter
WhatsApp

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आयोगले अबिरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवगंत भएका सम्पूर्ण व्यक्तिहरुप्रति आयोग श्रद्धाञ्जली व्यक्त गर्दै बाढी पहिरोबाट पुग्न गएको अकल्पनीय क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पुर्याउनको लागि आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको ७ ९सात० दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top