नवरात्रको पहिलो दिन : देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

Facebook
Twitter
WhatsApp

काठमाडौं । दुर्गापक्षको पहिलो दिन आज घटस्थापनाका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा घुइँचो लाग्ने गरेकामा आज दसैँको पहिलो दिन भएकाले भक्तजनको लर्को लागेको हो ।

राजधानीको मुख्य भागमा रहेको भद्रकाली मन्दिरसहित गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच, मन्दिर वरपरको जीर्ण सत्तल भत्काएर बनाउने काम भइरहेकाले भक्तजनलाई असहज भएको गुनासो गरेका छन् । विगतका वर्षमा सहज रुपमा दर्शन एवं पूजाआराधना गर्ने गरिए पनि यस वर्ष भद्रकाली मन्दिरलाई दाहिन बनाएर घुम्न नसक्ने गरी रोकिएको दर्शनार्थी सुमन खड्गीले गुनासो गर्नुभयो । दाहिने बनाएर घुम्ने ठाउँ भएपनि निर्माण पक्षले रोकेको जस्तो देखिएको उहाँको गुनासो छ । दुर्गापक्ष लागेपछि विवाहको साइत नभएपनि शुभ समय भन्दै विवाह गर्ने जोडी पनि मन्दिर परिसरमा देखिन्छन् ।

देशभरका शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएका छन् । देवीका भजन, मालश्री धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

नवरात्रका अवसरमा कम्तीमा पनि नौवटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरक-फरक शक्तिपीठमा जाने गरी योजना बनाएको बताउनुभयो । यसैगरी उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत देशभरका देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरेमा मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।

दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् ।

दसैँका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को लागेको दृखिन्छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्किन थालेका छन्भने कतिपय जाने तयारीमा छन् ।

काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । यस वर्ष गत हप्ताको भारी वर्षापछि आएको बाढीपहिरोले कतिपय राजमार्ग अवरुद्ध हुँदा आवागमनमा समस्या भएको हो । अझै देशका विभिन्न भागमा वर्षा भइरहेकाले सचेततापूर्वक यात्रा गर्न सरकारले अनुरोध गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top