काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ ।
मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-१६ का प्रकाश कुँवर, अनुप ठकुरी कुँवर र सृजना कुँवर, रुपन्देहीको देवदह नगरपालिका-४ का रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका-७ का प्र. ज. बोमबहादुर खाम्चा, चितवनको रत्ननगर नगरपालिका-१२ का सुमन बजगाईं, स्याङ्जाको गल्याङ नगरपालिका-३ का सिता भट्टराई, दिपिका भट्टराई र दिपेश भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका ७ का जुद्धबहादुर रायमाझी, प्रमिता भुसाल र कृशव रायमाझी रहेका छन् ।
त्यस्तै नुवाकोट, सामरीका साइमन तामाङ, पर्वतको कुस्मा नगरपालिका-२ की पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त, रुकुमपश्चिमको मुसिकोट-१५ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका-४ का नवराज तिवारी, बझाङ, जयपृथ्वी नगरपालिका-१ को नविन सिंह, चितवनको भरतपुर नगरपालिका २१ की अनिता थापामगर, मकवानपुरको मनहरी ९ का सन्तु विक रहेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका १६ काठमाडौं-१६ का आनन्द रायमाझी, चितवनको खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका-३ का जनक कुँवर, चितवनको भरतपुर महानगरपालिका-९ का मोहन दास आचार्य, काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ का नरेन्द्र खत्री, गोरखाको भिमसेन गाउँपालिका ४ का मदन परियार दमै र विनायक भट्टराई, गोरखाको धार्चे गाउँपालिका ७ का सुके दमै, बडिगाड गाउँपालिका २ का इन्द्रजित राना र भिम कुमार राना रहेका छन् ।
त्यसैगरी जुम्लाको सिंजा गाउँपालिका-६ का हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका-२ की लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह, सप्तरीको सप्तकोशी नगरपालिका-७ को नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका-५ का लेखनाथ ओझा रहेका छन्।