नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो ।

नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगलेले त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा हस्ताक्षर गरेपछिसँगै अब नेपाललाई बङ्गलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो ।

पछिल्लो सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्नेछ ।  नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन भने सकेको थिएन ।

नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top