सरकारले रबि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको विपक्षी दलको ठहर, सामूहिक प्रतिवाद गर्ने

Facebook
Twitter
WhatsApp

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको विपक्षी दलको बैठकले ठहर गरेको छ ।

सत्ता जोड घटाउको अङ्कलाई लिएर ओली सरकारले बिना आधार र प्रमाण रास्वपा सभापति रवि लामिछानेलाई प्रतिशोधको प्रयास गरेको भन्दै त्यसको सामूहिक प्रतिवाद गर्ने समझदारी शुक्रबारको बैठकले निर्णय गरेको सहभागी नेताहरुले बताए ।

शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बोलाएको विपक्षी दलको बैठकमा यस्तो समझदारी बनेको नेताहरुले बताए ।

‘बिहीबार बालुवाटारमा भएको प्रमुख तीन दलको बैठकमा पनि प्रचण्डले यसबारे स्पष्ट रुपमा नेताहरूलाई बताउनुभएको छ,’ माओबादिका नेता शक्ति बस्नेतले भने, ‘आज पनि सो विषयमा हामीले छलफल गर्याैँ । नियमित र कानुनसम्मत विषयमा हाम्रो आपत्ति छैन । यसलाई रास्वपाले पनि सघाउने कुरा नै छ। तर,बिना कारण राजनीतिक प्रतिशोध साँध्न खोजे सामूहिक प्रतिवाद हुन्छ। हामी सबै एकै ठाउँमा छौँ भन्ने आजको बैठकमा छलफल भयो ।’

बैठकमा सरकारको काम कारबाही जनमुखी नभएको, सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त भएको, विपद्मा जनताको उद्धार र राहतमा उदासिन बनेको लगायतका विषयमा छलफल भएको नेता बस्नेतले जानकारी दिए ।

सरकारको काम कारबाही जनमुखी बनाउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबैलाई विपक्षी दलको तर्फबाट ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ। सरकारले तत्काल नियमित संसद्को अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top