काठमाडौं । विपक्षी दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
आज संसद भवनमा बसेको विपक्षी दलको बैठकले सरकारले लामिछानेमाथि प्रतिशोध साँध्न खोजिरहेको निष्कर्ष निकाल्दै पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने भएको हो ।
सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष बैठकले निकालेको छ ।