पोखरा । कास्की प्रहरीको हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा आज पनि पोखरामा जनप्रदर्शन भएको छ ।
हजारौँको संख्यामा रास्वपा कार्यकर्ता र सर्वसाधारणले पोखरामा प्रदर्शन गरेका हुन् । लामिछानेलाई प्रतिशोधपूर्ण भावना राखेर सरकारले पक्राउ गरेको भन्दै रास्वपा आन्दोलित भएको छ ।
लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको हो ।