ओली सरकारको १०० दिन : काम काम, विवाद बढी

Facebook
Twitter
WhatsApp

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको मंगलबार एक सय दिन पूरा भएको छ ।

राजनीतिक स्थायित्व प्रदान गर्दै नागरिकको निराशा चिर्ने र संविधान संशोधन गर्ने लक्ष्यसहित गठन भएको सरकारले देखिने गरि केही काम गर्न नसकेको राजनीतिक विष्लेषकहरुको दाबी छ ।

गतअसार १७ गते मध्यराति सात बुँदे सहमति सहित गठन भएको सरकारले अर्थतन्त्रका सूचकहरुमा सुधार र सुशासन र स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुधारका प्रयासहरु भइरहेको दाबी गरिरहेको छ ।

तर, गतअसोज १२ गते लगातारको अविरलको वर्षापछिको डुबान, बाढी र पहिरोले निम्त्यएको विपद्मा पुर्णतःअसफल देखिएको छ । विपद्पछिको उद्धार, उपचार र राहतमा सरकारको संयन्त्र  असफलभएको हो ।

सरकारले काम गरेको देखाउनप्रधानमन्त्रीओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौतानै गरे । मन्त्रीहरु र सचिवहरुलाई बोलाएर पटकपटक निर्देशनदिएपनिमन्त्री र सचिवहरुबाट कुनै कामको परिणाम आएन।

सरकारको एक सयदिनपुग्दै गर्दा विपक्षीले घेराबन्दीथालेका छन् । बिचौलियाको सेवामातल्लीनहुँदा सरकारले सुशासनदेखि सेवाप्रवाहसम्म चुकेको आरोप विपक्षीको छ ।

एमालेसँग संसद्को ठुलो दल कांग्रेस समेत सहकार्यमा रहेको हुँदा उसलाई पनिमनाएर लग्नुपर्ने बाध्यताका कारण धेरै परिणाममुखि काम गर्न नसकेको एमालेका नेताहरुले बताउँदै आएका छन् ।

ओली सरकार हनिमुन पिरियडमा समेत विवारहितहुन सकेन । ओली नेतृत्वको सरकारले ६ वटा उद्योगको विद्युत् लाइन जोड्न ओलीको ताकेता, त्रिविको नीति तथा कार्यक्रम स्थगित, प्रहरी अधिकृतको सरूवा, राखेप सदस्यसचिव हटाउने चलखेल, राजदूतफिर्ता र नियुक्तिकाविषयमा गरेका निर्णयरु विवादितभए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top