काठमाडौं, ८ कार्तिक । पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पोखराको वाई चोकमा धर्ना दिएको छ ।
सरकारले सभापति लामिछानेले प्रतिशोधपूर्ण भावनाले पक्राउ गरेको भन्दै रास्वपा आन्दोलित भएको हो ।
लामिछानेलाई पहिलो पटक थपिएको म्याद आज सकिँदैछ ।