पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका जोशीलाई जिल्ला अदालत कास्कीले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
जोशीसँगै लिला पछाईलाई पनि सात दिन थुनामा राख्न अनुमति भएको छ ।