रास्वपाले तोक्यो दुई उपसभापतिलाई जिम्मेवारी

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दुईजना उपसभापतिलाई जिम्मेवारी तोकेको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलित रास्वपाले आन्दोलनलाई थप शसक्त बनाउन उपसभापतिद्वयलाई जिम्मेवारी तोकेको हो ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले उपसभापति डीपी अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ। यस्तै अर्का उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ।

आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ। रास्वपाले स्थगित रहेका जिल्ला भेला, सांगठानिक र पार्टी गतिविधि सञ्चालन गर्ने पनि निर्णय गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top