नेप्से ९.१९ अंक घट्यो

Facebook
Twitter
WhatsApp

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ९.१९ अंक घटेर बन्द भएको छ ।

पछिल्ला २ कारोबार दिनदेखि घटिरहेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार बिहिबार ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२० स्टकको ५६ हजार ६४६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज नेप्से घटेपनि चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये आइतबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top