काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री रमेश लेखकलाई रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सकिन्छ कि सोच्न आग्रह गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्रीलाई रविलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेकी हुन् ।
‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।