आज नेप्से २७ अङ्कले बढ्यो

Facebook
Twitter
WhatsApp

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ ।

कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर रु पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर नौ दशमलव ५४,मेछ्याङ हाइड्रोपावर नौ दशमलव १३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, पिपल्स वर ६ दशमलव शून्य दुई, कालिञ्चोक दर्शन लिमिटेड चार दशमलव ३५,समृद्धि फाइनान्स कम्पनी तीन दशमलव ९६, विन नेपाल लघुवित्त दुई दशमलव ८९ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले दुई दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top