काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शान्तिपूर्ण विरोध गर्न पाउने हक सरकारले हनन् गरेको आरोप लगाएको छ ।
आज बालुवाटारमा प्रदर्शनका क्रममा प्रहरीले केहीलाई पक्राउ गरेपछि रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारले दमन गरेको बताएका हुन् ।
प्रहरीले बालुवाटारबाट काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जनालाई नियन्त्रणमा लिएको छ ।