साढे २९ तोला बढी सुनसहित बुटवलबाट दुई जना पक्राउ

Facebook
Twitter
WhatsApp

बुटवल । बुटवलमा राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले राजस्व छली गरी अवैध रूपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बसका कण्डक्टर कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं.८ बस्ने वर्ष ३३ को अकबर अलि मियाँ सुनसहित पक्राउ परेको जानकारी दिए।

बुटवल उपमहानगरपालिका वडा नं. ८ रामनगरस्थित पूर्व पश्चिम राजमार्गमा बस रोकेर खानतलासी गर्दा मियाँले दायाँ खुट्टाको जुत्ताभित्र खैरो रातो बुट्टे लेडिज ब्यागमा लुकाएको अवस्थामा बिस्कुट आकारको दुई थान सुन बरामद भएको पण्डितले जानकारी दिए।

२९ तोला ५८।१ लाल तौलको उक्त सुनको बजार मूल्य ४९ लाख ५४ हजार ८१७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले मियाँसहित अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनारलाई समेत पक्राउ गरी थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top