काठमाडौं । सरकारले लालआयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रीदिपक खड्काले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानकालागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सोहीक्रममा उनले विद्युत काट्दै गर्दा राजस्व, उत्पादन, बजार भाउमा फरक पर्ने र रोजगारीमा समस्या आउने भन्दै क्याबिनेटले लाइन काट्न नहुने निर्णय गरेको बताए ।
यस्तै, उनले सरकारले यो जिम्मेवारी गम्भिरताका साथ पूरा गर्ने भन्दै क्याबिनेटको निर्णयलाई कार्यान्वयन गर्ने पनि बताए ।