बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही पुर्याइएका रवि लामिछानेको बयान सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले लामिछानेको बयान सकिएको बताइन्। जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन्।
लामिछानेलाई अब भोलि बिहान पुन पोखरा लगिनेछ ।