काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की लगिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि शुक्रबार कास्की लगिएको हो ।
बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भएपनि मौसम खराबीका कारण विमानस्थल खल्न नसक्दा दिउँसो पौने २ बजेमात्र कास्की उडेको रुपन्देही प्रहरीले जनाएको छ ।