काठमाडौं उपत्यकामा तीनजना मृत फेला, एकजना नुवाकोटका

Facebook
Twitter
WhatsApp

काठमाडौं । काठमाडौं उपत्यकामा आज तीन जना मृत भेटिएका छन् ।

काठमाडौंमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा आज मृत अवस्थामा फेला परेका छन् ।

आजै काठमाडौं–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत भेटिएका प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिए ।

त्यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

तीनवटै शवलाई परीक्षणका लागि अस्पताल लगिएको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top