एक लाख रूपैयाँ जरिवानाको महानगरको पत्र एमालेले बुझेन

Facebook
Twitter
WhatsApp

काठमाडौं । काठमाडौं महानगरपालिकाको एक लाख रूपैयाँ जरिवाना गरिएको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ।

आइतबार महानगर प्रहरीका इन्स्पेक्टर किशोरकुमार भट्टराई नेतृत्वको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर एमालेले उक्‍त पत्र बुझाउन अस्वीकार गरेको हो। त्यसपछि महानगर प्रहरी बलको टोली फर्किएको हो ।

एमालेले जागरण सभाबाट दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले जरिवाना गरेको पत्र सार्वजनिक भएको थियो।

एमाले नेताहरूले औपचारिक रूपमा पत्र प्राप्त नभएकाले त्यसको औचित्य नरहने बताउन थालेपछि महानगरले आइतबार एमाले कार्यालय पुगेर पत्र बुझाउन खोजेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top