आज रातिदेखि कीर्तिपुर र काठमाडौं-१६ मा मदिरा बेचबिखन गर्न नपाइने

Facebook
Twitter
WhatsApp

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज रातिदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका छन्।

मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयर पद र वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि निर्वाचन हुँदैछ। त्यस्तै काठमाडौं वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदको लागि निर्वाचन हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ।

निर्वाचन हुने सीमा क्षेत्रको ५०० मिटरभित्र पनि ती पदार्थहरू बेचबिखनमा निषेध गरिएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top