काठमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत पनि छन् । काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए। अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।