रामेछाप दुर्घटना : मृतकको पहिचान खुल्यो (अपडेट)

Facebook
Twitter
WhatsApp

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा भएको दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।

आज दिउँसो अन्दाजी १ः३० बजेको समयमा भएको गाडी दुर्घटनामा वडाअध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा गाडी चालक रामेछापको मन्थली नगरपालिका वडा नं. १० चिसापानीका ३५ वर्षीय हिरा बहादुर कार्की, रामेछापको गोकुलगंगा गाउँपालिका ५ बस्ने ३० वर्षीय कविता कार्की खड्का, कविताकी ७ वर्षीया छोरी स्वस्तिका खड्का र एक जना मृतकको नामथर, ठेगाना नखुलेको रामेछाप प्रहरीले जनाएको छ ।

काठमाण्डौँबाट रामेछापको बेताली जाँदै गरेको ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा ३ जना घाइते भएका छन । घाइते हुनेमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका ४ बेतालीका २७ वर्षीया सरस्वती कार्की र अन्दाजी ४ बर्षको नाम थर वतन नखुलेको बालकको मन्थली अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था मध्यम रहेको रामेछाप प्रहरीले जनाएको छ ।

दुर्घटना भएको गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

त्बनकस्

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top