काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ झिकाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज दोस्रो दिन पनि बयान लिइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा दिनभर चलेको बयानको कार्य नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा फर्काइएको छ।
भोलि फेरि बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। यसअघि रविसँग शुक्रबार पनि बयान लिइएको थियो।