एनपीएल : विराटनगरको लगातार दोस्रो हार

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपालप्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएको छ ।

विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएको हो । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो ।

सुदूरपश्चिमले विराटनगरलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दीपेन्द्र हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top