चार दिनदेखि नेप्से घटेको घट्यै, कारोबार पनि घट्यो

Facebook
Twitter
WhatsApp

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिननेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ ।

नेप्सेसँगै कारोबार रकमपनि घटेको हो । अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७लाख ६८ हजार कित्ता शेयर खरिदबिक्रीभएको छ ।

यस दिनजोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक७.६७ प्रतिशत बढेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब ७ प्रतिशत बढेको हो ।

कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सानिमामाइ हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकीफाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ ।

१३ उपसमूह मध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको हो । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । यस दिन जीवनबीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ । अन्य उपसमूह मध्येको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top