काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

Facebook
Twitter
WhatsApp

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो । यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ । उसले अझै एक खेल खेल्न बाँकी छ ।काठमान्डुले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६ औं ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो ।

जनकपुरका लागि जेम्स निशामले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे । त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए । काठमाडौंका लागि करण केसीले २ तथा साहब आलम र दीपेश कंडेलले १/१ विकेट लिए ।टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.१ ओभरमा १०१ रन बनाएर अलआउट भएको थियो ।

जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरेको थियो ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे । माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए । लेभिट मोहम्मद मोहसिनबाट समातिए । सातौं ओभरमा ललित राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पूर्णतः हाबी भएको थियो । ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए । शेर मल्लले २०औं ओभरमा २ विकेट लिदै काठमाडौंलाई अल आउट गरे ।

जनकपुरका लागि ललित र शेरलर समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । हारपछि पनि काठमाडौंको प्लेअफ सम्भावना बाँकी छ । जनकपुरले आफ्नो अन्तिम खेल आइतबार चितवन राइनोजसँग खेल्नेछ। काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top