नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट तारकेस्वर गाउपालिका वडा नं २ को वडा अधिवेशन सम्पन्न भएको छ ।
हिजो सम्पन्न अधिवेशनबाट देव कुमार अधिकारी सभापति सहित ७ सदस्यीय कमिटि सर्वसम्मत चयन गरिएको हो।
निर्वाचित कमिटिका अन्य पदाधिकारीहरुमा पुष्प राज नेपाल उप -सभापति , होम नाथ अधिकारि सचिब र सदस्यहरुमा बलराम श्रेष्ठ,मेनुका ढुंगेल ,राम देबी श्रेष्ठ र नहकुल चित्रकार रहेका छन्। बाकि दुइ सदस्य भने मनोनित हुने भएकोले चयन गर्न बाकि रहेको छ। निर्वाचित कमिटीलाई जिल्ला कोषाध्यक्ष जानुका सापकोटाले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो।
भेलामा सथानियाहरुको बाक्लो उपस्थिति रहेको थियो। भित्रि रुपमा यस वडामा रास्वपाप्रती धेरै जनताको झुकाब छ तर उनीहरु पुराना दलका पेलाइको कारण खुलेर अझै हिड्न चाहिरहेका छैनन् स्थानीय नेता केशब अधिकारीले बताए।
हिजोको रास्वपाको यस वडा भेलामा पुराना पार्टीका कार्यकर्ताहरुले स्थानियाहरुलाई सहभागी नगराउन छेक्ने प्रयास गरेको अधिकारीले बताए तर पनि उपस्थिति उल्लेखनीय देखिन्थ्यो। एक वर्ष अघि सम्म यस वडामा रास्वपाको सदस्य संग्ख्या २-३ जना मात्रै रहेकोमा केशब अधिकारीको आगमन पश्चात थुप्रै स्थानिहरु रास्वपा प्रबेश गरेको देखिन्छ। लामो समय विदेश बसेर फर्किएका अधिकारि स्थानीयमा राम्रो छबि बनाएका व्यक्ति हुन्।
हाल यस वडामा रास्वपाको भोटर बाहेक सक्रिय सदस्यहरु 100 को हाराहारीमा पुगिसकेको छ। यो क्रम बढ्दो छ।
भेलामा रास्वपा नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे ,जिल्ला संयोजक रामेश्वर गजुरेल लगायत केन्द्रिय र जिल्ला स्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो।