रसुवा । राष्ट्रिय स्वतन्त्र पार्टी रसुवा जिल्ला भेला हालै सम्पन्न भएको छ । गत शनिवार सम्पन्न भेलाबाट मान बहादुर तामाङ सभापतिमा चयन भएका छन्।
उनि सगै १० सदस्यीय नयाँ कमिटि रसुवामा बनेको हो । लामो समयको पर्खाइ पछि रसुवा जिल्लाले पनि रास्वपाको नेतृत्व पाएको छ।
निर्वाचित कमिटिका अन्य पदाधिकारीहरुमा सेन्देसी तामाङ शेर्पा उप -सभापति , पाराङवा तामाङ सचिब, ओम प्रकाश पौडेल सह -सचिब र सदस्यहरुमा कुरकेन् हुनु तामाङ ,भारत नगरकोटी ,रवीन्द्र कुमार पौडेल ,टेक बहादुर तामाङ , किरण आचार्य ,नवाङ् फिन्जो तामाङ रहेका छन्।
भेलामा केन्द्रिय सदस्य तथा रास्वपा संसद गणेश पराजु प्रमुख अतिथिको रुपमा उपस्थिति रहेका थिए। त्यस्तै नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे ,केन्द्रिय सदस्य राम कृष्ण भट्टराइ ,नुवाकोट जिल्ला संयोजक रामेश्वर गजुरेल लगायत नुवाकोट र रसुवाका जिल्ला स्तरीय अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।