नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन,अब प्रमले ३० दिनभित्र विश्वाशको मत लिनु पर्ने

Facebook
Twitter
WhatsApp

काठमाडौं, २२ असार । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपाले आज सभामुख देवराज घिमिरेलाई भेटेर नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको छ ।

नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा पनि प्रतिपक्षी कित्तामा बसेको छ । सुदूरपश्चिमका आफ्ना मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यो सँगै केन्द्र सरकारबाट पनि बाहिरिने उसको निर्णय थियो ।

अहिले अरुण चौधरी पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा छन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनेछन् । नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top