संस्थापन पक्षले रोक्ने प्रयास गरेपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी कार्यालय पुगिन्

Facebook
Twitter
WhatsApp

काठमाण्डू, ३ भदौ– पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा एमालेको निर्णयपछि पहिलोपटक विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको कार्यालय जाने कार्यक्रम रहेको थियो ।

१० वर्षपछि भण्डारी पार्टी कार्यालय आउने सूचना पाएका कार्यकर्ता स्वागतका निम्ति बनेर बसेका थिए । तर प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीका निम्ति कुनै कार्यक्रम नराख्न जिल्ला सचिव सोमराज थापालाई निर्देशन दिए ।

एमाले विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै कार्याकर्तालाई नजान उर्दी जारी गरे । यसरी संस्थापन पक्षले रोक्ने प्रयास गरेपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो १ बजतिर पार्टी कार्यालय पुगिन् ।

पार्टी कार्यालयमा भण्डारीलाई जिल्ला र विराटनगर महानगरपालिकाका नगर नेतृत्वले स्वागत गर्‍यो । जिल्ला र नगरको नेतृत्व भण्डारी पक्षकै छ ।

विद्या भण्डारी आउँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता भने उपस्थित भएन । पार्टी कार्यालय पुगेर मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top