काठमाण्डू, १० भदौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि भइरहेको व्यवहार आफूलाई ठीक नलागेको बताएकी छन् ।
बुढानीलकण्ठ भंगालस्थित आफ्नै निवासमा रास्वपा प्रवक्ता मनिष झासँगको भेटमा मंगलबार उनले लामिछानेमाथि गरिएको व्यवहार आफूलाई चित्त नबुझेको बताइन् ।
सहकारीको बचत अपचलन कसुरमा लामिछाने गत चैतदेखि पुर्पक्षका ागि थुनामा छन् । दुई सातअघि मात्र उनलाई भैरहवाबाट ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ । झाका अनुसार भण्डारीले लामिछानेप्रति आफ्नो सदभाव रहेको बताइन् ।
उनले सहकारीलाई राजनीतिक मुद्धा मात्र बनाइएको भन्दै बचतकर्ताको रकम फिर्ता गराउन सरकार अनिच्छुक देखिएको भन्दै असन्तुष्टि जनाइन् ।
‘सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन सरकारले काम गरेन’, उनले भनिन्, ‘सहकारीको विषयलाई राजनीति एजेण्डा बनाउने काम भयो ।’