नेताहरूको सम्पत्ति छानबिन गर्न माओवादी केन्द्रद्धारा आयोग गठन

Facebook
Twitter
WhatsApp

काठमाडौं । माओवादी केन्द्रले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ।

प्रज्ञा भवन भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले सम्पत्ति छानबिन आयोग गठन गरेको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोगले अध्यक्षसहित पदाधिकारीबाट छानबिन सुरू गर्नेछ ।

त्यस्तै माओवादीको केन्द्रीय कमिटी विघटन भएको छ। बैठकले केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड तोकिएका छन्।

त्यस्तै बैठकले मंसिरभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनमा जेनजी युवाहरूलाई अधिकतम सहभागी गराउने वातावरण बनाइने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता र विचार मिल्ने पार्टीहरूसँग छलफल प्रक्रिया जारी राख्ने निर्णय पनि भएको प्रवक्ता सापकोटाले बताएका छन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top