जाडो बढ्न थालेसँगै हुम्लाको तापक्रम माइनसमा झर्‍यो

Facebook
Twitter
WhatsApp

काठमाडौं । जाडो बढ्न थालेसँगै हुम्लाको तापक्रम माइनसमा झरेको छ ।

मौसमी प्रणाली बाहिरिएसँग तापक्रम भने घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्न थालेको हो ।

काठमाडौंसहित देशैभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । तापक्रम घटेका कारण बिहान र साँझको समयमा जाडो महसुस हुन थालेको मौसम विज्ञान विभागका जनाएको छ ।

शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम (१.३३ रहेको छ । उपल्लो हुम्लामा हिमपात भएका कारण तापक्रम घटेको हो । हिमपातका कारण हुम्लाको न्यालु सडकखण्ड नै अवरुद्ध भएको छ ।

यस्तै जुम्लाको तापक्रम पनि घट्न थालेको छ । हाल जुम्लाको तापक्रम ३.१ मा झरेको छ ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस छ । यो तापक्रम शुक्रबारको तुलनामा घटेको हो ।

शुक्रबारको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस थियो । यो अझै घट्ने क्रममा छ ।

केही दिनअघिसम्म नेपालमा उल्लेखनीय वर्षा भएको थियो र तापक्रम पनि बढी नै थियो ।

वर्षाका कारण पूर्वी नेपालमा ठूलो क्षति भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top