प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल आज रास्वपा प्रवेश गर्दै

Facebook
Twitter
WhatsApp

नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।

शुक्रबार बनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा पोखरेलले पार्टीमा प्रवेश गर्न लागेका हुन्।

रास्वपा स्रोतका अनुसार उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने गरी पार्टीमा भित्र्याउन लागिएको हो।

पोखरेल २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए।

त्यसबेला तेस्रो वरीयतामा रहेका एआइजी धिरजप्रताप सिंह आइजिपी बनेका थिए। त्यसमा उनको असन्तुष्टि थियो। सरकारले सिंहलाई आइजिपी बनाएपछि उनी सर्वोच्च अदालत पनि पुगेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top