नुवाकोटमा कुलमान घिसिङ्गको नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’को जिल्ला कार्यसमिति गठन गरिएकोछ । ई. रामकृष्ण राजभण्डारीको संयोजकत्वमा गत शनिबार १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
कार्यसमिति गठनसगै पार्टीको जिल्ला पार्टी कार्यालय विदुर–४, बट्टारमा स्थापना गरिएको छ। भेलामा केन्द्रीय सदस्य देवकी पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य डा. बिशाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संयोजक रामकृष्ण राजभण्डारीले परिवर्तन चाहने सबै नागरिकलाई अभियानमा सहभागी हुन आह्वान गरे।
उज्यालो नेपाल पार्टीले रबि लामिछानेको रास्वपा पछि बालेन शाह लगायत विभिन्न युवानेता र जेन–जेड पुस्ताका अग्रणी व्यक्तिहरूलाई समेटेर अर्को नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने प्रयास भइरहेको देखिन्छ ।
फागुन २१ को चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता वा चुनावी तालमेल मध्ये एउटा गर्ने सहभागी नेताहरूले बताए।