नुवाकोटका किसानलाई झोल मल बाढ्दै रास्वपा नेता पाण्डे, किसान भन्छन- हामीले खोजेका नेता यस्तै हो

Facebook
Twitter
WhatsApp

नुवाकोट जिल्लालाई नै कृषि उत्पादन क्षेत्रमा अब्बल बनाउने अभियानमा लागेका राष्ट्रीय स्वतन्त्र पार्टीका नेता सुमन बिक्रम पाण्डेले जिल्लाका किसानलाई नि :शुल्क झोल (Probiotic) मल वितरण गरेका छन्।

जिल्लाको उत्तरी सिमाना रहेका किम्ताङ्ग र बुङ्ताङ्गका किसानहरुलाई उक्त मल वितरण गरिएको हो। सो क्षेत्र खास गरि पछिल्लो समय सुन्तला उत्पादनमा जिल्लाकै सफल उत्पादन क्षेत्र मानिदै आएको छ। करिब २ हजार लिटर मल किसानहरुको आबश्यकता अनुसार उपस्थित भएका सबै किसानहरुलाई उपलब्ध गराएको हो ।

यस अघि सो क्षेत्रका किसानहरुलाई सुन्तला र कागतीका हजारौ बिरुवा वितरण गरिएकोले सोहि किसानका ति बिरुवाको लागि उक्त मल वितरण गरिएको पाण्डेले बताए।

हरेक किसानले ५ देखि २० लिटर सम्म मल पाएका छन्। मल पाएसगै त्यस ठाउका किसानहरु धेरै खुसि हुदै भने -“हामीले खोजेकै हाम्रो समस्या बुझ्ने किसानप्रेमी नेता हो ,यस अघि पनि उहाले हामीलाई सुन्तला ,कागतीका बिरुवा दिएर प्रोत्साहन गर्दिनु भएको छ ,यो पटक हाम्रो भोट उहालाई नै हो “।
झोल मल एक जैविक मल भएकोले रासायनिक मल भन्दा बोटबिरुवाको लागि यो मल अति उत्तम मानिन्छ। यस अघि पनि नुवाकोटका विभिन्न क्षेत्रमा पाण्डेले झोल मल वितरण गरिसकेका छन्।

पाण्डेको यो अभियानलाई पिपलटार निवासी अगुवा कृषक भिम अधिकारि र स्थानिय कृषि प्राबिधिक स्नेहा तामाङ्गले बल बनाइदिएर सहयोग गरिएका छन्।
राजनीति सगसगै आफ्नो क्षेत्रका किसानहरुलाई आधुनिक तरिकाले ब्यबसायिक किसान बनाउन अभियान नै चालेका पाण्डेले यस अघि जिल्लाभरिका किसानहरुलाई नि शुल्क सुन्तला, कागती र एभोकाडोका लाखौ बिरुवाहरु बाडिसकेका छन्।

गत ७९ सालको आम निर्वाचनमा रास्वपाको तर्फबाट साढे १६ हजार मत (एमालेको भन्दा बढी) ल्याएर झन्डै जितको नजिक पुगेका पाण्डे  नजिकिदै आएको फागुन २१ को चुनाबमा पनि रास्वपाबाट निर्विकल्प उमेदवार हुन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top