रास्ट्रीय स्वतन्त्र पार्टी नुवाकोटका नेता सुमन बिक्रम पाण्डेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवार घोषणा गरेका छन्।
नुवाकोटको प्रसिद्द धार्मिक स्थल बनदेबि मन्दिरबाट हिजो आफ्ना कार्यकर्ता तथा पार्टीका शुभचिन्तकहरुमाझ अनलाइन मार्फत उमेदवारी दर्ता गर्दै नुवाकोट क्षेत्र नम्बर २ को लागि आफ्नो उमेदवारी घोषणा गरेका हुन्।
पाण्डे यस अघि २०७९ को चुनाबमा पनि रास्वपाबाट उमेदवार बनेका आकांक्षी हुन्।
उनले नेकपा एमालेका प्रतिद्वन्दी नारायण प्रसाद खतिवडालाई पछि पार्दै साढे १६ हजार मत ल्याएका थिए।
समय निकै कम र भर्खर पार्टी खोलेका कारण त्यसबेला पर्याप्त तयारि थिएन र पनि उत्साहजनक भोट पाएका पाण्डेले यो पटक भने बाजी मार्ने आंकलन स्थानीय मतदाताहरुले गर्न थालेका छन्। यसको मुख्य कारण जनताले ज्यादा आशा गरेका चर्चित अनुहारहरु बालेन र कुलमान जस्ता नेता रास्वपासग जोडिनु हो।

पर्यटन विज्ञका साथै सफल पर्यटन ब्यवसायी समेत रहेका पाण्डे २०७९ को चुनाब देखि मात्रै राजनीतिमा होमिएका व्यक्ति हुन्। त्यसैले पनि पाण्डेलाई राजनीतिबाट कुनै पनि लाभ नलिएका निस्कलंक व्यक्तिका रुपमा हेरिन्छ।
उनि चुनामा पराजय व्यहोरे पनि निरन्तर पार्टीको संगठन निर्माण र स्थानिय जनताको जिबनस्तर उकास्ने योजनाहरुमा हरेक पालिका र वडाहरुमा बेला -बेला पुगिरहनछन। दलका नेताहरुमा चुनाबका बेला मात्र गाँउ जाने ,पछि फर्केर नहेर्ने भन्ने आरोपबाट पाण्डे भने अछुतो छन् ।
उनि हरेक हप्ता कुनै न कुनै वडामा पुगेकै हुन्छन चाहे पार्टीको संगठन निर्माणको काममा होस चाहे स्थानिय जनतामा आइपर्ने समस्याको लागि होस।
मुलुकको आर्थिक बिकासको लागि कृषि र पर्यटनको बिकास अनिवार्य शर्त सोचेका पाण्डेलाई नुवाकोटमा पछिल्लो समय हरियाली नुवाकोटमा अभियन्ता समेत भनेर चिनिन्छ। पाण्डेले गत वर्ष देखि हावापानी अनुरुपको पालिकाहरुमा कृषि बिकास अभियान संचालन गरिरहेका छन्। उनले मेघाङ्ग ,किस्पाङ्ग जस्ता पालिकाहरुमा ब्यबसायिक कागती र सुन्तला खेति गर्न त्यहाका स्थानिहरुलाई सहयोग गर्दै आइरहेका छन् गत बर्षदेखि त्यहाका किसानहरुलाई लाखौको सुन्तला र कागतीका बिरुवाहरु वितरण गरिसकेका छन् । यसका अलावा युवा लक्षित थुप्रै कार्यक्रम हरु पनि पाण्डेले नुवाकोटका लागि गरिसकेका छन्।
यो पटक पाण्डेसगै नुवाकोट क्षेत्र न २ मा उमेदवारी दिनेमा केन्द्रिय सदस्य राम कृष्ण भट्टराइ ,बागमती प्रदेश सभापति अच्युतम लामिछाने र बिभाग सदस्य दिनेश आचार्य रहेका छन्।
यद्यपि रास्वपामा उमेदवार छनौट भने आन्तरिक प्रतिस्पर्धाबाट गर्ने ब्यबस्था रहेकोले टिकटमा कसले बाजी मार्छ त्यो भने हेर्न बाकि छ, तर स्थानिय जनताको अभिमतलाई हेर्ने हो भने सुमन बिक्रम पाण्डेको दाँजोमा अरु कोहि देखिदैन।