काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिएकी छिन् । उम्मेदवारी फिर्ता लिनेबारे उनले निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोनमार्फत जानकारी गराएकी हुन् ।
सामाजिक सञ्जालमा जर्मनको स्थायी आवास अनुमति पत्र (पिआर) को फोटो सार्वजनिक भएको थियो । सोही विवादमा तानिएपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनी निकट स्रोतले बताएको छ ।