रास्वपा क्षेत्रीय उपसभापति कुलामानको पार्टीमा प्रवेश

Facebook
Twitter
WhatsApp

बारा निर्वाचन क्षेत्र नं.३ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका क्षेत्रीय उपसभापति रोशनकुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन। आइतबार आयोजित एक कार्यक्रमका बीच उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले रास्वपा जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित हुँदै गएको दाबी गर्दै जनताको वास्तविक समस्या र मुद्दा उठाउन असफल भएको बताए।

अधिकारीले उज्यालो नेपाल पार्टी भने जनतामाझ बसेर, जनतासँगै काम गर्दै अघि बढिरहेको पार्टी भएको उल्लेख गरे। उनले यही पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताए। देश परिवर्तनका लागि इमानदार, निष्ठावान र कर्मशील व्यक्तिहरूको सहभागिता अपरिहार्य रहेको भन्दै अधिकारीको पार्टी प्रवेशले संगठन थप सशक्त बन्ने विश्वास व्यक्त गरे।

पार्टीमा स्वागत गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व, निष्ठा र कर्ममा विश्वास गर्ने राजनीतिक शक्ति भएको बताए। उनले देश परिवर्तन भाषणले मात्र सम्भव नहुने भन्दै इमानदार सोच, व्यवहारिक योजना र निरन्तर कर्म आवश्यक रहेको धारणा राखे।

घिसिङले अधिकारीको पार्टी प्रवेशले बारा क्षेत्र नं। ३ मा संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे। साथै, राजनीतिक परिवर्तनका लागि पुराना गलत अभ्यास त्याग्दै नयाँ संस्कृतिको विकास आवश्यक रहेको भन्दै उज्यालो नेपाल पार्टी त्यसै दिशामा अघि बढिरहेको बताए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top