नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

Facebook
Twitter
WhatsApp

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुन: अध्ययन गर्न आग्रह गरे

साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे ।

‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’

उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे ।

‘थिति बसाल्ने संकल्प, अब सिस्टम बसालौं, लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्नेछ । अब नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाउनुभएको छ,’ उनले भने, ‘खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो । यसमा सजक हुनुहोला ।’

उनले अब बन्ने नयाँ सरकारका कामहरूलाई याद गर्दै वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए ।

‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ । हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने, ‘सरकारको कामको अनुगमन गर्ने वाचडग पनि हो । आ–आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासालाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ ।’

जनतामा भएको विकास निर्माणको हुटहुटीलाई समातेर अघि बढ्नुपर्ने तथ्यलाई नबिर्सन आग्रह पनि गरे । ‘विकास निर्माणमा क्याच अप गर्नुपर्ने छ । विकास निर्माणको जुन हुटहुटी छ । त्यसमा पनि ध्यान दिनुपर्छ,’ वाग्लेले भनेका छन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top