सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौं : हर्क साम्पाङ

Facebook
Twitter
WhatsApp

१२ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन् ।

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘हामी प्रतिपक्षमा रहन्छौँ । हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ,’ उनले भने, ‘प्रतिपक्षी भन्नेबित्तिकै विरोध गरिहाल्ने भन्ने हुँदैन । राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन भइहाल्छ ।’

उनले यसपटकको संसद्‌मा आफूसहित धेरै नयाँ रहेको भन्दै सिक्नुपर्ने धेरै रहेको पनि बताए ।‘नयाँ छौं सिक्नुपर्ने थुप्रो छ । पहिले प्रश्न गर्ने ठाउँमा थियौं । अहिले गाली खाने ठाउँमा आइयो । उत्साह थोरै छ, जिम्मेवारी बोध धेरै छ,’ उनले भने ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top