नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथग्रहणलगत्तै उहाँ सिंहदरवारस्थित मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।
पदबहालीपछि मन्त्रालयद्वारा आयोजित स्वागत कार्यक्रममा मन्त्री तिमिल्सिनाले भन्नुभयो, “मन्त्रीको भूमिकामा रहँदासम्म नियतवश कुनै पनि नराम्रो कुरा नगर्ने मेरो प्रण छ।” उहाँले आफूले शपथ लिँदा कागजमा लेखिएको शब्द मात्रै पढेर आएको नभई मनमस्तिष्कबाट कहिल्यै पनि कुनै गल्ती नगर्ने स्पष्ट पार्नुभयो
उहाँले देश र जनताको हितका विषयमा चिन्तित भएर काम गर्ने बताउनुभयो । मुलुकलाई सही दिशामा लैजाने जिम्मेवारी सबैको रहेको बताउँदै उहाँले मुलुकलाई सकारात्मक नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम राजनीतिक संस्कारको जोड दिनुभयो ।
सुरुवात गर्नेमा मन्त्री तिमिल्सिनाले २०८४ मा हुनुपर्ने निर्वाचन परस्थितिवश २०८२ मा भएको बताउँदै युवाले गरेको बलिदानीलाई साकार पार्न आफूहरू आएको उहाँको भनाइ थियो । देशले निकास खोजिरहेको उल्लेख गर्दै राजनीति र प्रशासनप्रति घट्टो विश्वास पुनर्स्थापित गर्न सबैलाई आह्वानसमेत उहाँले गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले जिम्मेवारी लिएका छौं । हाम्रो सबैभन्दा ठुलो धर्म राजनीति र प्रशासनप्रति घट्टो विश्वास पुनर्स्थापित गर्नु हो । राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई सुधार्दै देशमा आशा जगाउनु पर्छ ।”
मन्त्री तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको ‘मिसन’ र ‘भिजन’ अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने उल्लेख गर्नुभयो । कर्मचारीलाई पनि इमानदारिता र क्षमता प्रयोग गर्दै सामूहिक भावनाका साथ काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो । “तपाईंका हरेक विचार यो देशका नीतिनियम, ऐनसँग बाझिने पनि हुनुहुँदैन । यो देशका जनताको सपनासँग बाझिने पनि हुनुहुँदैन । कृपया यो कुरा मनमा राखेर आफ्ना काम कर्तव्यलाई अगाडि बढाउनु होला,” उहाँले भन्नुभयो । उहाँले आजैका दिनदेखि आफ्नो कर्तव्यमा होमिएका र देशलाई अगाडि बढाउनका लागि समर्पित भएर लाग्ने धारणा राख्नुभयो ।