दार्चुलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

Facebook
Twitter
WhatsApp

१७ चैत, दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा मंगलबार बिहान सुपप्र०१-००१ ज १६४१ नम्बरको जिप दुर्घटना दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा परेर जिपमा सवार शैल्यशिखर नगरपालिका-१ बस्ने ४५ वर्षको भरत तितरा र मालिकार्जुन-७ बस्ने ३५ वर्षीया मनीषा पालको मृत्यु भएको बताए ।

गम्भीर अवस्थामा घटनास्थलबाट उद्धार गरिएका दुवै जनाको गोकुलेश्वर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहितका चार जना घाइते छन् ।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका-४ को काँडापारी बस्ने जिप चालक २२ वर्षका प्रकाश ठगुन्ना, जिपमा सवार २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाडाकोट बस्ने ४५ वर्षीय मिनबहादुर पाल रहेका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top