ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन घोषणा, चरणबद्ध कार्यक्रम सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण” भन्दै त्यसविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरेको आरोप लगाएको छ। सोही सन्दर्भमा एमालेले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनलाई सशक्त रूपमा अघि बढाउने जनाएको छ।

एमालेको आन्दोलन तालिका:

चैत २५ गतेसम्म जिल्ला तहमा बृहत् आन्दोलन केन्द्रित भेला
चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन
वैशाख ३ गते वडा तहमा भेला
वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन
वैशाख १२ गते काठमाडौंमा विशाल जनप्रदर्शन

यसका साथै, विद्यार्थी तथा पेशागत संगठनसँग सम्बन्धित विषयहरूलाई पनि आन्दोलनमा समेट्दै सबै जनसंगठनलाई आ–आफ्नो ढंगले कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। जनसंगठन संयन्त्रको बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने तय गरिएको छ।

एमालेले सर्वपक्षीय नागरिक संवादलाई तीव्रता दिन उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिएको छ। त्यस्तै, संसदभित्र प्रभावकारी भूमिका निर्वाह गर्न तथा अन्य दलसँग समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकिएको छ। संसदीय दलको बैठक पनि भोलि दिउँसो ३ बजे बस्नेछ।

पार्टीले थप आन्दोलनका कार्यक्रम तय गर्न चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको छ। एमालेले आन्दोलनलाई देशभर प्रभावकारी र व्यापक बनाउने तयारी गरिरहेको जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top