मैले गल्ती गरेको छैन, सोधे हुन्छ, खोजे हुन्छ : रास्वपा सांसद खरेल

Facebook
Twitter
WhatsApp

२४ वैशाख, काठमाडौं । पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको जिकिर गरेका छन् ।

सञ्चारमन्त्री हुँदा उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो । तर, उनले आफूले उक्त गल्ती नगरेको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।

‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ,’ सांसद खरेलले भनेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री रहेका खरेल हाल रास्वपाका सांसद छन् । उनी ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

यस्तो छ खरेलको प्रष्टोक्ति–

अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नुहोला । अहिले म कार्यक्रमको सिलसिलामा  स्वीट्जरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु…

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top