बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति छ, यसलाई सच्याउँछौं : अर्थमन्त्री

Facebook
Twitter
WhatsApp

२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई सच्याइने बताएका छन् । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले सरकारले साढे १९ खर्ब माथिको बजेट विनियोजन गरेको भए पनि खर्च १६ खर्ब बराबर मात्र गर्न सक्ने अवस्था रहेको जानकारी दिए ।

बजेट निर्माणका क्रममा अस्वाभाविक अंक राख्ने विगतदेखिको प्रवृत्तिले यो अवस्था आएको उनले बताए । त्यसमा पनि पूँजीगत तर्फ २ खर्ब मात्र हाराहारी खर्च हुने गरेको भन्दै उनले यो खर्चले हामीले देखेका सपना पूरा नहुने उनले बताए । सोहीकारण अर्थतन्त्रको विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको उनको भनाइ छ ।

यस वर्ष १८ खर्ब ९० अर्ब रुपैयाँ हाराहारीको सिलिङ दिइएको भन्दै उनले स्रोतको चुनौती रहेको स्वीकार गरे । राजस्वले १३ खर्ब रुपैयाँ हाराहारी मात्र स्रोत धान्न सक्ने अवस्था रहेको र बाँकी ७ खर्ब हाराहारीको स्पेस नै मुख्य चुनौती रहेको उनले बताए ।

चालु आवमा विनियोजन गरिएको बजेट खर्च बढाउन इमर्जेन्सी मोडमा काम गरिएको समेत उनले जानकारी दिए । असार मसान्तसम्म पूँजीगत खर्च अहिलेसम्मकै धेरै हुने  उनको अनुमान छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top